
कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–६ की २३ वर्षीया विष्ना सार्कीलाई गम्भीर सुत्केरी व्यथा लागेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।
उहाँलाई रास्कोट अस्पताल गौतुमा प्रारम्भिक उपचार गरिए पनि सुत्केरी प्रक्रिया जटिल बनेपछि नगरप्रमुख धर्मराज शाही पोषणाको विशेष पहलमा थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको स्थानीय समाजसेवी टिकाराज उपाध्यायले जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार अभियान प्रभावकारी बन्दै गएको देखिएको छ । यस कार्यक्रमले सुरक्षित मातृत्व प्रवर्द्धन गर्दै दुर्गम बस्तीका महिलाहरूलाई जीवनरक्षाका लागि सहज पहुँच उपलब्ध गराउँदै आएको छ ।
उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याउन सफल भएपछि स्थानीयवासीहरूले राहत महसुस गरेका छन् । सुत्केरी अवस्थामा रहेका महिलाहरूको ज्यान जोगाउन यस प्रकारको उद्धार प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने नागरिकको माग छ ।
साथै, सरकारले दुर्गम भेगका स्वास्थ्य संस्थालाई आवश्यक पूर्वाधार तथा दक्ष जनशक्ति उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । स्थानीय तहको सक्रियता, संघीय सरकारको मातृत्व सुरक्षा कार्यक्रम तथा उद्धार संयन्त्रको प्रभावकारिताले महिलाहरूको जीवनरक्षा गर्न ठूलो भूमिका खेलेको देखिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच