
काठमाडौं । चलचित्र ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरिएको छ । ‘द्रौपदी’को हालै सार्वजनिक चलचित्रको रवि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीतमा टिकटक अफर घोषणा गरिएको हो । टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँचमध्ये प्रथम हुनेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने निर्माणपक्षले जनाएको छ ।
यीबाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’ को प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ । टिकटक बनाएर ‘द्रौपदी चैत ८’ लेखी पोष्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी चलचित्रको पेज द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशित गरिने जनाइएको छ । टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने छन् ।
ऋषिराज आचार्यद्वारा लिखित, निर्मित तथा निर्देशित यो चलचित्रमा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायत कलाकार मुख्य भूमिकामा छ । चलचित्र पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सुण्डोलगायत विकट स्थानहरूमा छायांकन गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच