
काठमाडौं । क्यारियर लिफ्टर्स र साइपाल एकेडेमीको आयोजनामा विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरिएको छ । क्यारियर लिफ्टर्सको आयोजना र साइपाल एकेडेमीको सहकार्यमा अन्तर्राष्ट्रिय शिक्षा उत्कृष्टता प्रदर्शनी आयोजना गरिएकोमा उत्कृष्ट प्रोजेक्टलाई पुरस्कृत गरिएको हो । उक्त कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीले आफ्ना प्रोजेक्ट प्रस्तुत गरेका थिए ।
उच्च शिक्षा संस्थानहरू जस्तै युनाइटेड विश्वविद्यालय, कुमारगुरु संस्थानहरू, मेडिपोल विश्वविद्यालय टर्की, जिएलए विश्वविद्यालय र डाइ पटिल विश्वविद्यालयले विद्यार्थीलाई भविष्यमा अझ राम्रो गर्ने प्रेरणा दिएका थिए । आयोजका अनुसार पहिलो पुरस्कार ११ हजार किष्ट कलेजलाई आइओटी आधारित कृषि प्रोजेक्टका लागि प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार पाँच हजार एक सय रुपैयाँ साइपाल एकेडेमी, तेस्रो पुरस्कार तीन हजार एक सय रुपैयाँ मनास्लु वल्र्ड कलेज र विशेष पुरस्कार दुर्ई लाख एक सय रुपैयाँ क्यासपियन भ्याली कलेजको प्रोजेक्टलाई प्रदान गरिएको थियो । विद्यार्थीलाई प्रेरित गर्न युनाइटेड विश्वविद्यालयले किष्ट कलेजका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति, साइपालका विद्यार्थीलाई ७० प्रतिशत छात्रवृत्ति र मनास्लु वल्र्ड कलेजका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच