
बार्सिलोना । बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा पुनरागमन गरेको छ । आइतबार राती १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लेको हो । बार्सिलोनालाई लगातार छैटौं जित दिलाउन जेरार्ड मार्टिन, मार्क कसाडो, रोनाल्ड अराउजो र रोबर्ट लेवान्डोव्स्कीले गोल गर्नुभयो ।
जितसँगै बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई एक अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलबाट ५७ र एट्लेटिकोको ५६ अंक छ । बार्सिलोना अहिले तेस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा तीन अंकले अघि छ । शनिबार रियलले रियल बेटिससँग २-१ को अप्रत्यासित हार बेहोरेको थियो । एट्लेटिकोले एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा यथावत् छ ।
खेलको सुरुवातमै रियल सोसिडाड समस्यामा परेको थियो । १७औँ मिनेटमा एलुस्टोन्डोले बार्सिलोनाका फरवार्ड डानी ओल्मोलाई रोक्ने क्रममा फउल गरेपछि सिधै रातो कार्ड पाउनुभएको थियो । त्यसपछि खेल बार्सिलोनाको नियन्त्रणमा रहृयो । जेरार्ड मार्टिनले २५औँ मिनेटमा पहिलो गोल गर्नुभयो । त्यसको चार मिनेटपछि मार्क कसाडोले दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाउनुभयो । रोनाल्ड अराउजोले ५६औँ मिनेटमा तेस्रो गोल थप्नुभयो । लेवान्डोव्स्कीले ६०औँ मिनेटमा अन्तिम गोल गर्दै टिमको जित सुनिश्चित गर्नुभयो । हारपछि सोसिडाड लिग तालिकाको नवौं स्थानमै यथावत् छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच