
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका निम्ति ‘सी’ क्याटागोरीका खेलाडीको ड्राफ्ट सम्पन्न भएको छ । एनएसएलका सातै टिमले ‘सी’ क्याटागोरीका खेलाडी छनोट गरेका हुन् । लिगका निम्ति प्रत्येक टिमले चार खेलाडी छानेका छन् । ड्राफ्टमा ९४ खेलाडी ‘सर्टलिस्ट’ गरिएको थियो । त्यसबाट कुल २७ जना छानिएका हुन् । पोखरा थन्डर्स एफसीले एक खेलाडी रिटेन गरेको छ ।
प्रतियोगिताको तेस्रो संस्करणमा झापा एफसी, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स एफसी र एफसी चितवनले प्रतिस्पर्धा गर्नेछन् । सातै टिमले यसअघि नै ‘ए’ र ‘बी’ क्याटागोरीका खेलाडी अनुबन्ध गरिसकेका छन् ।
‘सी’ क्याटागोरीको सूचीमा बुटवल लुम्बिनी-सुमन श्रेष्ठ, निसाङ लिम्बू, खेमराज श्रेष्ठ र मनिष सेडाइँ रहनुभएको छ भने धनगढी एफसीमा अमृत श्रेष्ठ, रोहन खड्गी, हरिसराज भथित्ता र सन्तोष महत रहनुभएको छ ।
यस्तै, चितवन एफसीमा विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्तान र प्रदीप भण्डारी रहनुभएको छ भने झापा एफसीमा सिर्जन दानी, आरोन थापा, श्याम मुर्मु र अभिषेक गुरुङ रहनुभएको छ ।
त्यसैगरी काठमाडौं रेजर्समा भरत चौधरी, मौसम लुंगेलीमगर, पुस्कर खड्का र पेम्बा दोर्जे लामा रहनुभएको छ भने ललितपुर सिटीमा मनोज राई, पवन शाही, दिपेश घले र अनिस क्षेत्री रहनुभएको छ । पोखरा थन्डर्समा नरेश चौधरी (रिटेन्ड), गौरव श्रेष्ठ, सकेल रेग्मी र प्रविनकुमार सुनार रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच