
एजेन्सी । अर्जेन्टिनाको टिमबाट कप्तान लियोनल मेसीपछि स्ट्राइकर लौटारो मार्टिनेज पनि बाहिर हुनुभएको छ । अर्जेन्टिनी एफसीले मार्टिनेज हृयामस्ट्रिङको कारण टिम बाहिर रहने जानकारी गराएको हो । इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट खेलिरहनुभएका मार्टिनेज अर्जेन्टिनी टिमका महत्वपूर्ण खेलाडी हुनुहुन्छ । पछिल्लो दशक अर्जेन्टिनाले फिफा विश्वकप र कोपा अमेरिकाको उपाधि जिताउँदा मार्टिनेज टिमका सदस्य हुनुहुन्थ्यो । अर्जेन्टिनाले यसै साता फिफा विश्वकप छनोट खेलमा ब्राजिल र उरुग्वेको सामना गर्दैछ ।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा फेयेनोर्डविरुद्ध खेल्दा २७ वर्षीय मार्टिनेज घाइते हुनुभएको हो । तर पनि प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजलाई २३ सदस्यीय टिममा समावेश गर्नुभएको थियो । मेसी र मार्टिनेजसँगै अर्जेन्टिनी टिममा पाउलो ड्यबला, गोन्जालो मोन्टियल र जिओभानी लो सेल्सो हुनुहुने छैन । विश्वकप छनोटअन्तर्गत अमेरिकी छनोटमा १२ खेलबाट २५ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलबाट पाँच अंक कम भएको उरुग्वे दोस्रो स्थानमा छ । इक्वेडर भने १९ अंकसहित तेस्रो स्थानमा छ । १८ अंक जोडेको ब्राजिल पाँचौं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच