
फ्लोरिडा । नौ महिनाको अन्तरिक्ष बसाईपछि नासाका अन्तरिक्ष यात्री बच विलमोर र सुनीता विलियम्स यात्री पृथ्वीमा फर्किनुभएको छ ।
उहाँहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उहाँहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो। उहाँहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको थियो । यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गर्नुभएको थियो ।
८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उहाँहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताउनुभएका उहाँहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उहाँहरूलाई परिवारको जिम्मा लगाइएको थियो।
सन् २०२४ को जुन महिनादेखि उनीहरूको सङ्घर्षपूर्ण यात्रा सुरु भएको थियो। एरो स्पेस बोइङ कम्पनीले निर्माण गरेको स्टारलाइन स्पेसक्राफ्टको टेस्ट फ्लाइटमा उहाँहरु जानुभएको थियो ।
क्याप्सुलले अन्तरिक्षमा धेरै प्राविधिक समस्याको सामना गरेपछि सकुशल घर फिर्ता गर्न कठिन भएको हो। स्टारलाइन सेप्टेम्बरमा फर्किए पनि यो जोडीलाई अर्को यातायातको आवश्यकता परेको हो।
यस्ता छन् रमाइला अनुभव
मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा लामो समयको बसाइँमा व्यस्त राख्यो।
५९ वर्षीया सुनी र ६२ वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै स्पेशवाकहरू समेत गर्नुभयो ।
ज्यानुअरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किनुभयो। त्यसै महिनाको अन्त्यतिर उहाँ र बुच सँगै बाहिर निस्कनु भयो ।
उहाँहरूले गर्नुभउका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स(रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्ने लगायत थिए।
बुच र सुनीसँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुनुहुन्छ । उहाँहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाउनुभयो। ‘नागरिकका रूपमा त्यो हामीसँग हुने महत्त्वपूर्ण जिम्मेवारी हो,’ सुनीले पत्रकारहरूसँग भन्नुभयो । मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो।
बुचका लागि दिनको सुरुवात बिहान ४ः३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६:३० मा उठ्ने गर्नुहुन्थ्यो। दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउनुहुन्छ । शून्य गुरुत्वाकर्षणमा बस्ने प्रभावको सामना गर्न तीन फरक उपकरणले मद्दत गर्छन्।
ट्रेडमिल प्रयोग गर्नका लागि अन्तरिक्षयात्रीहरूले आफूलाई तैरिनबाट रोक्नको लागि पेटी लगाउनु पर्छ र सहनशीलता प्रशिक्षणको लागि साइकल एर्गोमिटर पनि छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच