
झापा । झापामा गुडिरहेको बस भित्रै उक महिलाको मृत्यु भएको छ । पश्चिमबाट काँकडभिट्टा आउँदै गरेको बसमा सवार एक यात्रुको यात्राकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ गछिया बस्ने कुमारी सेलिङ चेम्जोङको भएको प्रहरीले जनाएको छ ।
मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार ४३ वर्षीया चेम्जोङको मृत्यु भएको हो । बस धरान वा विराटनगर कहाँबाट पूर्व आउँदै थियो भन्ने प्रहरीले प्रष्ट पारेको छैन । मृत्यु हुनुभएको चेम्जोङ कहाँ हिँड्नु भएको थियो, प्रहरीले खुलाएको छैन ।
साँझ ५ः५० बजेतिर बस शिवसताक्षी नगरपालिकाको झिलझिले आइपुगेपछि बसमा सवार यात्रुले चेम्जोङलाई सिटमा नै लडिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियोे ।
अचेत अवस्थामा उद्दार गरिएको चेम्जोङलाई तत्काल स्थानीय लालीगुराँस मेडिकल हल लगिएको थियोे । थप उपचारका लागि विएण्डसी अस्पताल ल्याई पुर्याउन नपाउँदै चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको स्पष्ट कारण नखुलेपनि उहाँको दीर्घरोगका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच