
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई जोड्ने उद्देश्यसहित मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभएको छ।
प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यकामा (देउखुरी) भएको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन सम्भव हुने उल्लेख गर्नुभयो।
"प्रदेश सरकारले बुद्ध सर्किटको योजना बनाइसकेको छ। अब यहाँ मोनोरेल सञ्चालन गर्न सकिन्छ, जसमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सकिन्छ," मुख्यमन्त्री आचार्यले भन्नुभयो। उहाँले प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न तयार रहेको स्पष्ट पार्दै मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिने बताउनुभयो।
लुम्बिनीलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले विभिन्न पहल गरिरहेको मुख्यमन्त्री आचार्यले जानकारी गराउनुभयो। पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उहाँले उल्लेख गर्नुभयो।
छलफलका क्रममा सांसद चौधरीले आगामी आर्थिक वर्षका लागि स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनी पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना बनाउन आग्रह गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच