
चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले चितवनको डिजिट डिस्प्ले ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले डिजिटल बोर्ड ह्याक भएको बताएको हो ।
उक्त डिजिटल डिस्प्लेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आपत्तिजनक शब्द लेखिएको विषयमा भरतपुर वितरण केन्द्रले यस्तो बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हिजो मिति २०८१ साल चैत ११ गते करिब १२ बजेतिर नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा दैनिक रुपमा ग्राहकको कार्य सहजीकरणको लागि यस कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलौजरअपशब्द अपलोड गरिएको हुँदा यो राज्यको संविधान तथा प्रचलित कानूनको बर्खिलाप हो । यस्तो गैरकानूनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ ।’
'यस्तो गैरकानुनी कार्य प्रति नेपाल विद्युत प्रधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भत्सर्णा गर्दछ। साथै उक्त घटनाको सत्य तथ्य छानविन गरी उक्त कार्यमा संलग्न जो कोही व्यक्तिलाई कानुनको दायरामा ल्याई देशमा प्रचलित साईवर क्राईम तथा कानुन बमोजिम हदै सम्मको दण्ड सजाय को माग गर्दै पुर्ण प्रेष विज्ञप्ती जारी गरी सम्बन्धित निकायमा पत्राचार समेत गर्दै गर्दा आज मिति २०८१।१२।१२गते विहान १० बजे एक ३५/४० जनाको ठुलो दस्ता आई कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको हुदाँ सार्वजिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्रधिकरण भरतपुर का कर्मचारीहरु सुरक्षित नरहेको प्रत्याभुति गर्दै कार्यालय तोडफोड गर्ने उनला माथी कानुन बमोजिम हदै सम्मको सजाय को व्यवस्था को माग गर्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार हार्दिक अपिल गर्दछौ।' विज्ञप्तिमा भनिएको छ ।
उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेका थिए । उनीहरुले भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेका हुन्।
घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचारसमेत गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच