
नेपालले गरेको अथक प्रयासका बाबजुद औद्योगिक क्षेत्रको विकास तथा विस्तार आशातीत रूपमा हुनसकिरहेको छैन । सन् २०१९ को विश्वव्यापी कोभिडपछिको समय नेपालको हकमा मात्र नभएर विश्वमै त्यति उत्साहजनक भएको पाइँदैन । कोभिडले आपूर्ति चेनमात्र भत्काएन, उत्पादनको हरेक क्षेत्रमा नकारात्मकता भित्रियो । मानिस घरभित्र थुनिन पुगे । नेपाल कम विकसित तथा औद्योगिक पूर्वाधारमा पछिपरेको हकमा यसको असर यथावत् छ । साथै विश्वका जी–२० लगायत मुलुक र तिनको उत्पादनमा प्रत्यक्ष÷परोक्ष सहयोग गर्ने मुलुकहरूको हकमा यसको प्रभाव निकै प्रत्युत्पादक छ । संख्यात्मक तथा गुणात्मक दुवै आकारमा सानो भए तापनि कोभिडपछि केही नराम्रा परिणामको सामना गरिरहेको छ ।
लोमो समयदेखि घाटामै भएको नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था हाल डरलाग्दो बन्न पुगेको छ । आन्तरिक उत्पादनको स्तर खुम्चिएको छ । लगानी, उत्पादन, व्यापार, मूल्य अभिवृद्धिमा नेपालीहरूले भन्दा नेपालमा निर्यात गर्ने विदेशी कम्पनीको बोलवाला बढ्दो छ । मुलुकभित्र भएका केही राम्रा उद्योगधन्दा यो वा त्यो निहुँमा पलायनको बाटोमा छन् । सरकार मौन छ । सरकारमा बस्नेहरूका सबैका कुरा धेरै मीठा तर गतिला किसिमका काम हुन नसकेकाले व्यावसायिक गतिविधिमा वृद्धि हुन नसकेको हो । औद्योगिक उत्पादनको मात्र नभएर कृषिसँग सम्बन्धित व्यावसायिकतामा संलग्न उद्यमशील व्यक्ति पनि पलायनको बाटोमा देखिन्छन् ।
प्रजातन्त्रको पुनःस्थापनापछिको तीनदशकको लामो समय यो वा त्यो निहुँमा मुलुकमा औद्योगिकीकरणको ठोस आधार बन्न सकेको छैन । कुनै पनि क्षेत्रमा व्यावसायिकता सही रूपमा कार्यान्वयनमा लैजान नसकेको स्वयं सत्तामा बस्नेले स्वीकार गरिसकेको विषय हो ।
सन् १९३६ मै विधिवत् सुरुवात गरिएको नेपालको औद्योगिककीरणको यात्रामा ठोस काम नभएका प्रमाण भनेको कूल ग्राहस्थ्य उत्पादनमा यस क्षेत्रको १० प्रतिशत भन्दा कमको योगदान हो । सीमित स्थानमा थोरै संख्याका उद्यमलाई गर्वले छाती चौडा गर्नुपर्ने बाध्याता थियो हाल पनि कायमै छ । लाखौं श्रमिकहरू बेरोजगारमात्र भएनन् उनीहरूको रोजिरोटीको सवाल धेरै देशहरूको मुख्य चिन्ताको विषय हुनुपुग्यो । धनी देशले जसोतसो हृयान्डिल गरे तर गरिब मुलुकहरूको हकमा सहज कार्यान्वयनमा जानसक्ने कुरै भएन । कोभिडको रापताप आज पनि विश्वको धेरै भू–भागमा देखिरहेको छ ।
प्रजातन्त्रको पुनःस्थापनापछिको तीनदशकको लामो समय यो वा त्यो निहुँमा मुलुकमा औद्योगिकीकरणको ठोस आधार बन्न सकेको छैन । कुनै पनि क्षेत्रमा व्यावसायिकता सही रूपमा कार्यान्वयनमा लैजान नसकेको स्वयं सत्तामा बस्नेले स्वीकार गरिसकेको विषय हो । निजी क्षेत्रलाई प्रोत्साहन गरियो । निजी क्षेत्र लगानीका लागि तयार पनि नभएको होइन तर लगानीको सुरक्षा प्रतिफल एवं उद्यमशीलताका लागि आवश्यक आधारभूत वातावरण सिर्जना गर्ने काममा कहिँकतै कमजोरी भएकै हो । स्रोतलगायत बजार, आवश्यक जोहो गर्नसक्ने सक्षम युवा सरकारका काममा विश्वस्त हुन सकिरहेको छैन ।
नवप्रवेशी विदेश कि नेपालमै लगानी भन्ने कुरामा सशिंकित छ । खासमा यो नीतिगत तथा कानुनी पक्षले नभएर राजनीतिको मुख्य वागडोर समाएकाले दैनिकी र गतिविधिको साथमा छेपारोले रंग फेरेको जस्तो गरी वचन फेरेकाले हो । नेपालको हकमा औद्योगिक वस्तु उत्पादनका लागि उर्वर क्षेत्र भनेको कृषि हो । यस क्षेत्रले कच्चा तथा प्रशोधित दुवै वस्तु उत्पादनको क्षमता राख्दछ । तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्रबीचमा पहाडी तथा सबैभन्दा तल्लो क्षेत्रमा लमतन्न परेको तराईको अवस्थितिले प्राकृतिक वरदान सावित गरेको छ । नेपालको माटो, जलवायु तथा भूगोल समान्य जीवन धान्ने अन्नपातदेखि जटिल रोगको निदान हुने औषधिका लागि आवश्यक कच्चा पदार्थसम्म उत्पादनको प्रचुर सम्भावना छ ।
यसका लागि यातायात, मूल्य, भण्डारन, बजार तथा गुणस्तर निर्धारण जस्ता पक्षमा उचित काम हुन सकेको छैन । नजिकैको भारतीय उत्पादन जुन ठूलो स्तरको अनुदानमा बजारसम्म आएको हुन्छ र उक्त उत्पादनसँग दिनुहूँ प्रतिस्पर्धामा जानुपर्ने नेपाली उत्पादनले कहिलेसम्म टिक्ला भन्नेमा लगानीकर्ताले हजारपटक सोच्नुपर्नेछ । नेपालको कृषि क्षेत्रले व्यावसायिकता लिन सकोस् भन्ने सरकारमा बसेकाहरूको मन छ भने कम्तीमा उत्पादनको बिक्री तथा लागत मूल्यको ग्यारेन्टी पक्का हुनुपर्दछ ।
सेवा क्षेत्रको हकमा यातायात, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत बैंक तथा वित्तीय क्षेत्रको साथमा गैरवित्तीय क्षेत्रलगायत पर्यटनलाई पनि समेट्नुपर्ने देखिन्छ । उदारीकरणले आर्थिक, व्यावसायिक जगत्ले ठूलो लगानी विस्तारको साथमा रोजगार सिर्जना तथा स्रोतसाधनको परिचालनमा भूमिका खेलेको छ ।
धानको यसपालिको उत्पादन ५९ लाख ५० हजार मेटको छ । नेपालको जनसंख्यालाई चाहिने चामलजन्य परिमाण उत्पादनबाहेक जम्मा ६ मेट्रिक्टन मात्र हो तर तथ्यांकले सरासर विरोध गरेको देखिन्छ । अर्बाैंको चामल वार्षिक आयात हुन्छ । मुख्यकारण नेपाली उत्पादनको साठी प्रतिशत भन्दा बढी हिस्सा भारतीय बजारमा धान माघभित्र नै पुगिसको हुन्छ । शुद्ध किसानको वर्ष दिनभरिको आर्थिक कारोबार, साहुको ऋण, छोराछोरी पढाउँदाको खर्च, छोरीको बिहेका लागि जुटाएको खर्चलगायत उक्त धान बेचेर चुक्ता गर्नुपर्दछ । नेपाली किसानले औसतमा ३५/४० रुपैयाँ प्रतिकेजीमा बेचेको धान चामल भएर नेपाल भित्रिँदा भने तीन सय प्रतिशतको हाराहारी बढी मूल्य पर्न आउँछ ।
उदारीकरणको नीति नेपाल र भारत दुवैले ९० को दशकमा एकसाथ आत्मसात गरेर आजको अवस्थामा आइपुगेका हुन् । नेपाल–भारतको सम्बन्ध दुई देशबीचको भन्दा माथि रहेको स्वयं प्रधानमन्त्रिस्तरमै अभिव्यक्त विषयवस्तु भएकाले यस्ता विषयवस्तुमा कूटनीतिक तवरमा पनि घनीभूत छलफलको आवश्यकता हुनुपर्दछ । यस किसिमका छलफलले नेपालको हकमा वित्तीय फाइदाको सम्भावना होला ।
सेवा क्षेत्रको हकमा यातायात, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत बैंक तथा वित्तीय क्षेत्रको साथमा गैरवित्तीय क्षेत्रलगायत पर्यटनलाई पनि समेट्नुपर्ने देखिन्छ । उदारीकरणले आर्थिक, व्यावसायिक जगत्ले ठूलो लगानी विस्तारको साथमा रोजगार सिर्जना तथा स्रोतसाधनको परिचालनमा भूमिका खेलेको छ । कूल गार्हस्थ उत्पादनको योगदानमा सबैभन्दा धेरै प्रतिशत यसै क्षेत्रको छ । कोभिडपछिको विगत पाँच वर्षमा युवा जमातको निरन्तरको विदेश पलायन तथा मुलुकभित्रको वातावरणमा उल्लेख्य सुधार हुन नसक्दा यी क्षेत्र क्रमशः विस्तार हुनुको सट्टा खुम्चिन थालेका हुन् । सडक सञ्जालको गुणस्तरको अभावले यातायातमा क्षेत्रमा नयाँ लगानीमा उत्सुक देखिन छोडेको छ ।
त्यसैगरी राजनीतिक कारण देखाई एनसेल जस्तो ठूलो लगानीकर्ता मुलुकबाट बाहिरियो । यो वा त्यो जे निहुँमा भए पनि यो राम्रो हुँदै होइन । मुलुकका ठूला भनाउँदा दलहरू नै सत्तामा र बाहिर हुँदा यस मुद्दामा भिन्न अभिव्यक्ति दिएर हिँडिरहेका थिए र यो नियति कम हुन सकेको छैन । मुख्य राजनीतिक दलहरू राजनीतिका मुद्दा तथा विषयमा जति खुलेर छलफल तथा बहसका लगि तयार देखिन्छन् त्यस रूपमा आर्थिक तथा व्यावसायिक काममा सजग नदेखिँदाको परिणाम हाल मुलुको भोगा हो । पर्यटनलगायत खानी क्षेत्रमा आशातीत काम भएको छैन । संख्याका हिसाबमा केही पर्यटकको विस्तार देखिन्छ तर व्यवहारमा उनीहरूले नेपालमा व्यतीत गर्ने समय खर्चको अवस्था र उनीहरू स्वयंको स्थितिले सकारात्मकतालाई इंकिद गर्दैन ।
पर्यटकको संख्याको साथमा कस्तो र कुन प्रकारको अथितिको आगमन भयो भन्ने कुराले ठूलो अर्थ राख्दछ । साथमा आथित्यतालाई सुधार, परिमार्जन वा व्यावसायिक कुन हिसाबमा लैजाने भन्नेमा स्पष्ट हुन जरुरी छ । किनभने आजको पर्यटक नबुझेको वा यसै विनाकारण फजुल खर्च गर्ने हुँदैन । नेपाली हिमालहरूले मात्र हुँदैन । नदीहरू एक्लैले मात्र पनि पर्यटकहरूको शोख–विचारको विविधता र चाहनालाई सम्बोधन गर्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच