
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिकाले पालिका मातहतका शिक्षक, कर्मचारीहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ । मोलुङ गाउँपालिका भरी कार्यरत सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधी र शिक्षकहरुलाई आफ्ना सन्तती अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको हो । फागुन १२ गते बसेको कार्यपालिकाको बैठकले पालिकास्थित कर्मचारीले अनिवार्य आफ्ना सन्तती सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गराउन चैत २५ गते पत्रमार्फत् सरोकारवाला सबैलाई जानकारी गराइएको पालिकाले जानकारी दिएको छ । पालिका क्षेत्रभित्रका सबै सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधीहरुले आफ्ना सन्तती सामुदायिक विद्यालयमै पठपाठन गराउने वार्षिक नीति तथा कार्यक्रममा समेत समाबेश गरिएको पत्रमा उल्लेख गरिएको छ ।
हुनेखानेले शहरका प्राइभेट विद्यालयमा पढाउन लैजाने भएकाले गाउँघरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम छन् । जसले गर्दा गुणस्तरीय शिक्षामा कमी भएको महशुस गाउँपालिकालाई भएका कारण सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न यो निर्णय गरेर अगाढी बढिएको पालिका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष हेम बहादुर सुनुवारले बताउनु भयो ।
शिक्षक, कर्मचारी, सबै जनप्रतिनिधी, विद्यालय ब्यवस्थापन समितिलगायत पालिका भित्रका सरोकारवाला निकाय सबै संग आपसी छलफल गरेर निर्णय गरिएकाले कार्यान्वयन गर्न सहज हुने प्रवक्ता सुनुवारको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच