
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर - १२ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नवनिर्मित वडा कार्यालय भवनको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो।
लुम्बिनी प्रदेश सरकारको ५५ लाख र रेसुङ्गा नगरपालिकाको ४० लाख गरी कुल ९५ लाख रुपियाँको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको वडाअध्यक्ष चेहरसिंह टण्डनले जानकारी दिनुभयो। वडा कार्यालय भवन उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा पाउने बताउनुभयो।
नवनिर्मित वडा कार्यालय भवनबाट वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको सेवा प्रवाह गरिएको छ। वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बिरामीहरूलाई सहज रुपमा यातायातको पहुँचसम्म पुर्याउनका लागि प्याली डाँडा, मालिका, घोर्ले र सिद्धबाबा टोल विकास संस्थालाई एकरएक वटा स्टेचर वितरण गरिएको छ। त्यसक्रममा पूर्व गाविस अध्यक्ष गणेश बहादुर तङ्गनामी, पूर्व वडा अध्यक्षकुल बहादुर टण्डन, घोर्ले युथ क्लब र प्याली डाँडा आमा समूहलाई सम्मान समेत गरिएको छ।
भाडाको भवनबाट सेवा दिइरहेको वडा कार्यालयले गत साउन महिनादेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ। वडा कार्यालय भवन उद्घाटनमा उपप्रमुख अमृतादेवी कुँवर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली, शाखा प्रमुख, कर्माचारीसंगै स्थानीय राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी वडा कार्यालय भवन उद्घाटन गर्नुहुँदै।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच