
सुरज सर्गम
भाग्य के हो ? रहस्य कि खेल ?
कसैका लागि वसन्तको मेल
कसैको आँखामा उज्यालो बिहानी,
कसैको जीवनमा अँध्यारो कहानी ।
कोही बन्छन् राजा, कोही रंक,
कसैको जीवन सुनौलो त कसैको दुःखद् ।
भाग्यको नाउमा आशा गरिरहन्छ,
सपना उम्रन्छ मनभित्र भतभत जलिरहन्छ ।
कोशिश गर, हार नमान,
तुफानसँग लड्न तयार भइ बस ।
भाग्य लेखिन्छ हातले होइन,
मेहनतको कलमले, साहसको मसीले ।
समय कठोर छ, परीक्षा कठिन,
तर इच्छाशक्तिको यात्रामा कहिल्यै थकिन्न ।
हर कदममा छन् चुनौतीहरू,
तर पछि कदापि हटिन्न ।
सपना बोक, आँटले सजाऊ,
जीवनलाई प्रेमले सजाएर जगाऊ ।
भाग्य त सितारा हो आकाशमा,
तर चम्किन्छ संघर्षको प्रकाशमा ।
हारेर कहिल्यै भाग्यलाई सराप नदेऊ,
नसोच कि यो मात्र लेखाजोखा हो ।
जीवन त क्यानभास हो,
जहाँ तिमी आफैँ चित्रकार हौ ।
जति नै गहिरो रात भए पनि,
उज्यालो बिहान एक दिन आउँछ ।
भाग्य त साहसीको साथी हो,
अनि धैर्यले जित्ने कथा बनाउँछ ।
त्यसैले अघि बढ, झन् अगाडि बढ,
भाग्य त तिम्रै मुटुको धड्कन हो,
जुन कहिल्यै रोकिँदैन ।
भरतपुर, २५ चितवन
हाल : बुटवल रूपन्देही
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच