शाओमी १३ लाइट नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । शाओमीले शाओमी १३ लाइट नेपाली बजारमा ल्याएको छ । उत्कृष्ट तस्बिरका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप क्यामेरा प्रणालीको फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘शाओमीको लक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम् प्रविधि थप पहुँचयोग्य बनाउनु हो । हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट उत्पादनको स्वामित्व खोज्ने जोकोहीका लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनसाथ सार्वजनिक गरेका छौँ ।’

शाओमी १३ लाइटमा ५० एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा मुख्य क्यामेरा रहेकोे छ । फ्ल्यागसिप लेभल रियर क्यामेरा सेटअपसाथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेराले सुसज्जित छ । शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्छ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्छ र उपयुक्तरूपमा जुम इन वा जुम आउट गर्छ ।

स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाइन गरिएको छ । दुईवटा भेरियन्टमा उपलब्ध आठ प्लस १२८ जिबी र आठ प्लस २५६ जिबीको मूल्य क्रमशः ५४ हजार नौ सय ९९ र ५७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?