एसियन पेन्ट्सको ‘कलर नेस्क्ट-२०२२’

Read Time = 2 mins

काठमाडौं । एसियन पेन्ट्स नेपालले फेरि ‘कलर नेक्स्ट २०२२’ ल्याएको छ । जुन जीवनमा खुसिायाली ल्याउने डिजाइन र सजावटसम्बन्धी एक उत्सव हो । कम्पनीका अनुसार कलर नेक्स्ट एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसर हो, जसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक-सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गर्छ ।

डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत् छ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ । अनुसन्धानको परिणाम वास्तुकला तथा इन्टेरियर डिजाइन समुदायमा प्रस्तुत गरिएको वर्षको चार ट्रेन्ड र एक रङ हो, जुन प्रेरणाको स्रोत रहँदै आएको छ ।

रङभन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्स नेपालले २०७९ जेठ २० गते कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरका साथै सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) को पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?