अभिनेत्री आरती मित्तल पक्रउ

Read Time = 2 mins

मुम्बई । मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई पक्राउ गरेको छ । आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिण्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती मित्तलविरुद्ध आईपीसी धारा ३०७ र अवैध ओसारपसार र यौनकार्यको अन्य धाराहरूअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रहरी अधिकारीले आफैंले उक्त क्षेत्रमा एक कर्मचारीलाई नक्कली ग्राहक बनाएर पठाएका थिए जसले सम्पूर्ण घटना रेकर्ड गरेको थियो । त्यसपछि प्रमाणसहित आरतीमाथि मुद्दा दर्ता भएको हो । सोही कार्यमा अन्य दुई मोडल पनि पक्राउ परेका छन्, जसलाई प्रहरीले उद्धार गरी पुनर्वास केन्द्रमा पठाएको छ । आरतीले ती दुई महिलालाई १५ हजार भारतीय रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।
मनोज सुतार नामका एक इन्सपेक्टरले आरतीसँग ग्राहकका रूपमा डिल गर्नुभएको थियो । आफ्ना साथीका लागि दुई मोडल चाहिएको बताउनुभएको थियो । आरतीले उहाँसँग होटेल बुक गराउनुका साथै ६० हजार रुपैयाँ मागेकी थिइन् ।

आरती कास्टिङ निर्देशकका साथै अभिनेत्री हुन् । उनले एक टिभी सिरियल ‘अपनापन’ मा समेत काम गरेकी छन् । जी ५ को सिरिज ‘एसप्लोसिब’मा पनि देखिसकेकी छिन् । उनले आफू अहिले अभिनेता आर माधवनसँग काम गरिरहेको सामाजिक सञ्जालमार्फत् बताएकी थिइन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?