लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तर्क्रिया

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तर्क्रिया गरिएको छ । लघुकथा समाज नेपालद्वारा बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तर्क्रिया गरिएको हो ।

कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्नलाई त्यति नै कठिन हुने बताउँदै लघुकथा लेख्न सजिलो नहुने जिकिर गर्नुभयो । उहाँले कथामाजस्तै लघुकथामा पनि आख्यान तत्व हुनुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार तुलसीहरि कोइरालाले कृतिमा संग्रहित कथाहरूको चर्चा गर्दै अधिकारीका लघुकथा मनछुने खालको बनेको बताउनुभयो । निबन्धकार तथा लघुकथाकार श्रीबाबु कार्कीले कृतिमाथि टिप्पणी गर्दै अधिकारीका लघुकथाहरूमा वर्तमान समाजको चित्र कोरिएको जनाउनुभयो ।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, भाषा आयोगका सदस्य तथा लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्क, समाजका सल्लाहकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार अधिकारी र तारा केसीले लगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?