चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवदेन माग

Read Time = 2 mins

काठमाडौं । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन माग गरिएको छ । संचार, सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञापन प्रकाशित गर्दै विभिन्न सिमारेखा राखेर बोर्ड अध्यक्षका लागि आवेदन निकालेको हो ।

अबको १५ दिनभित्र आवेदन बुझाउन मन्त्रालयले आग्रह गरेको छ । दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि चलचित्र अहिले सम्झना रौनियार उप्रेती, भुवन केसी, मनिष पण्डित, नारायण पुरी, नरेश पौडेललगायत बोर्ड अध्यक्षका लागि राजनीतिक लबिङ गरिरहेको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?