पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु पनि हारे : पर्यटनमन्त्री किराँती

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उहाँले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाँले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताउनु भयो । उहाँले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताउनु भयो । मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताउनु भयो । उहाँले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हुनतः अहिले केही मान्छेहरुले जानेर वा नजानेर त्यही व्यवस्थालाई ल्याउन खोज्दैछन् । अब नेपाली समाजले मान्छन् की मान्दैनन् ? पचाउँछन् की पचाउँदैनन् ? खोज्दैछन् । सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ, युगको नेतृत्व गर्छु भन्ने मान्छेले हालेको डाकमै आँखामा कचेरा नबिझ्ने स्टाटस लेख्छ, राजीनामा । हुँदैछ के ? के संविधानको व्याख्या गर्नु नहुने ? सबै अस्तित्व सम्मान छ भन्नु नहुने ? राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले दिन तयार छु । यो पद भन्दा देश ठूलो छ । म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन् । के हुँदैछ ?’

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताउनु भयो । उहाँले भावनामा आएर मात्रै देश नचल्ने बताउनु भयो । मेयर साम्पाङप्रति लक्षित गर्दै उहाँले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइयो, ठिकै छ त । भावनामा आएर मात्रै हुँदैन । कसैको मेयरको अफिसमा राजाको फोटो छ रे । फर्किने उल्टो हो त । गोरु पछिपछि गाढा अघि अघि । यो गतिविधिले जान्छ कता समाज ? देश जिम्मा लिन्छु भन्ने साथीहरुले गम्भीरताका साथ समीक्षा गर्नुपर्छ । मलाई त मन्त्री पदमा बसिराख्नु भन्ने छैन । पहिल्यै छोडिदिन्छु आउनुस् साथीहरु भनेकै छु । बुवाआमाले सल्लाह गरेर यो छोरालाई मन्त्री बनाउनैपर्छ भनेर जन्माएको पनि होइन । एउटा किसानको छोरो हो भयो । फोटो झुण्ड्याएर होइन केही काम गरौँ भनेर लागेको छु, कसैले हात कसैले खुट्टा समात्छ । कसैले पासो लाउँछ, के अपराध गरेँ, मैले त अपराध गरेको छैन । पशुपति हाम्रो सभ्यता र सम्पदा हो । सभ्यताको पनि सभ्यता हो । त्यहाँ गएर गू, मूत सोह्रेँ । मलाई पशुपति बिरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ । पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे ।’

मन्त्री किराँतीले आफूलाई पशुपति बिरोधी नै बनाउनेहरुले पशुुपतिकै नाम जपेर आफ्नो राजीनमा मागेपनि अन्ततः हारेको बताउनु भयो । उहाँले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान नै रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?