काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो एक वर्षमा करिब ८७ लाख यात्रुलाई सेवा प्रदान गरेको छ । जुन यात्रु संख्या हालसम्मकै उच्च हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार गत वर्ष सन् २०२३ मा ८६ लाख ९१ हजार चार सय ६३ यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशिने यात्रु २४ लाख २० हजार सात सय ८७ रहेका छन् भने भित्रिने अन्तर्राष्ट्रिय यात्रु २१ लाख २० हजार तीन सय ५० रहेका छन् । समग्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र जाने अन्तर्राष्ट्रिय यात्रु संख्या ४५ लाख नाघेको छ । गत वर्ष २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढेको र कोरोनाअघि २०१८ को भन्दा ४.५ प्रतिशतले बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उडान अवतरण पनि गत वर्षभन्दा २९.४० प्रतिशतले बढेको छ । यस वर्ष ३१ हजार चार सय ६० अन्तर्राष्ट्रिय उडान भएका छन् तर कोरोनाअघि सन् २०१८ भन्दा १०.७६ प्रतिशतले घटी हो । विमानस्थलबाट हुने उडान अवतरण अघिल्लो वर्ष २०२२ को तुलनामा ९.२ प्रतिशतले बढेको छ ।
सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७९ लाख ५४ हजार चार सय ९५ यात्रुले आवागमन गरेकामा यस वर्ष ८६ लाख ९१ हजार पुगेर नयाँ रेकर्ड कायम भएको हो । विमानस्थलबाट हुने विभिन्न आन्तरिक गन्तव्यमा जाने यात्रुको संख्या पनि ४१ लाख ५० हजार तीन सय २६ रहेको छ । जुन संख्या गत वर्ष सन् २०२२ को तुलनामा ७.०७ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२३ मा ९६ हजार नौ सय ८९ उडानमार्फत् काठमाडौं आउने र जाने आन्तरिक यात्रुको संख्या ४१ लाख नाघेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच