काठमाडौं । सामान्यता हाम्रो गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई टाउको दुखेको भनिन्छ। टाउको दुख्नु भनेको आफैंमा रोग होइन। कुनै पनि रोगको लक्षण मात्र हो। यो बिभिन्न कारणले हुन्छ। मेडिकल भाषामा भन्ने हो भने प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ।
टाउको दुख्नुका विभिन्न कारणहरु हुन सक्छन् । आँखा, नाक, कान, दाँतका समस्या, पिनास, उच्च रक्तचाप, कपाल र छालाको समस्या, चिसो, टाउकोमा चोटपटक, मस्तिष्ककै अन्य जटिल रोग, चिन्ता, तनाव, मानसिक समस्या आदि विभिन्न कारणहरुले टाउको दुख्ने भैरहेको हुन सक्छ ।
मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो।
चिकित्सकका अनुसार टाउँको दुख्नुको कारण पनि विभिन्न किसिका हुन्छन् । टाउको दुखाइको कारण पत्ता लगाउन कुन भागमा दुखेको छ भनेर थाहा हुनुपर्छ ।
टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ ।
टाउको दुख्नुका कारण र संकेत
सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ। बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ।
–यदी तपाईलाई आफ्नो टाउँको भारी महसुस हुन्छ र थिचिए जसरी छट्कीएर दखिरहन्छ भने तपाईलाई धेरै तनाव भएको हुनसक्छ । मानिसलाई धेरै तनाव भएर पुरै टाउको भारी भएर दुख्ने गर्छ ।
–के तपाईलाई हेरक महिना चार पटक सम्म नियमित रुपमा टाउको दुख्छ ? टाउको दुखाइ शुरु हुनभन्दा अगाडी आफुलाई टाउको दुख्ला जस्तो अनुभव हुन्छ ? वा टाउको दुख्नु भन्दा अगाडी नै आफुलाई टाउको दुख्न लागेको थाहा हुने गर्छ भने तपाईमा माइग्रेनको समस्या भएको हुनसक्छ । पटक–पटक टाउको दुख्नु र टाउको दुख्नु अगाडीकाे भागकाे टाउकोको आधा भाग मात्र दुख्छ भने त्यो माइग्रेनको समस्याले टाउको दुखेको हुनसक्छ ।
– टाउकोको अगाडीपट्टिको भाग टन्किएर दुख्छ र टाउको उठाउन गाह्रो हुन्छ भने तपाईलाई पिनास भएको हुनसक्छ । पिनास भएको समयमा पनि मानिसमा टाउको दुख्ने गर्छ ।
– टाउकोको अगाडीपट्टि दुख्ने, आँखा गल्ने, टाउको गल्ने समस्या छ भने तपाईको आँखाको पावर नमिलेको हुनसक्छ ।
– टाउकोको पछाडी भाग मात्र दुख्छ भने तपाईको रक्तचाप अनियन्त्रित भएको हुनसक्छ । रक्तचाप धेरै वा कम हुन टाउकोको पछाडीको भाग दुख्ने गर्छ ।
डिप्रेशनको कारणले पनि टाउको दुख्छ। यस्तो बेला टाउको भारी हुन्छ। राति निन्द्रा नपरेको कारण पनि भोलिपल्ट टाउको दुखेको हुनसक्छ ।
आँखाको समस्या भयो भने टाउको दुख्छ। कसैले टाढाको हेर्न सक्दैन कसैले नजिकको हेर्न सक्दैन। नजिकको हेर्न खोज्दा स्ट्रेस हुन्छ टाढाको हेर्दा पनि त्यस्तै हुन्छ। यसले गर्दा आँखाको नशाहरु तन्किन्छ। जसले गर्दा टाउको दुख्छ। यसको लागि सामान्य चश्मा लगायो भने ठीक हुन्छ। कतिपय अवस्थामा आँखाको जाँच गराउनुपर्छ।
टाउको दुखाईको कारण पत्ता लगाएर सोही अनुसारको उपचार गर्दा टाउको दुखाइ कम गर्न सकिन्छ । यदी सामान्य खालको टाउको दुखेको छ भने औषधि प्रयोग गर्न सकिन्छ। टाउँको दुखेसँगै वाकवाक लाग्ने, बान्ता हुने, आँखाबाट पानीहरू झर्ने, रिगंटा लाग्ने, छारे रोग जस्तो काम्ने हुन भनेकाे गम्भीर रोगका लक्षण हुन्। यस्तो बेलामा तुरून्तै डाक्टरकहाँ सल्लाह लिन जानुपर्छ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच