पप गायक केलीलाई सुनाइयो ३० वर्षको जेल सजाय

Read Time = 2 mins

न्यूयोर्क । अमेरिकी पप गायक आर केलीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई महिला तथा बालबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको हो ।

गत वर्षको सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो । सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए । केली जुलाई २०१९ देखि जेलमा छन् ।

अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए । उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको बताएका थिए । केलीका वकिलहरूले भने उनी अब समाजका लागि खतरा नरहेको बताएका थिए । केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको अदालतमा खुलेको थियो ।

त्यो समयमा प्रमाणपत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो । पछि उनीहरूको विवाह रद्द गरिएको थियो । नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएको थियो । इलिनोइस र मिनेसोटा राज्यको अदालतको आरोप बाहेक उनी अहिले पनि शिकागोमा चाइल्ड पोर्नोग्राफीलगायत विभिन्न आरोपको सामना गरिरहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?