प्रमुखको ‘वर्थ डे’ मा सरसफाइकर्मीलाई सम्मान

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । शंकर भण्डारी तानसेन नगरपालिका पाल्पाको सरसफाई शाखाका प्रमुख हुनुहुन्छ । उहाँले आइतबारदेखि ४० औं बसन्त पार गर्नुभएको छ । भण्डारीले आफ्नो जन्म दिन( वर्थ डे) फरक ढंगले मनाउनुभएको छ । जन्मदिनमा धेरैले आफन्त र साथीभाइ बोलाएर पार्टी दिन्छन् भने कतिपयले त होटलमा नै पार्टी दिएर जन्म दिन मनाउने गर्छन् । पछिल्लो समय जन्मदिन खर्चालु पनि बन्दै गइरहेको छ । बालबालिकामा त वर्थ डे मनाउने होडबाजी नै चल्छ । सानादेखि ठूलासम्म सबैले खर्च गरेर जन्मदिन मनाउने गर्छन् । तर, भण्डारीले भने आफ्नै कार्यालयमा कार्यरत सरसफाइकर्मी कर्मचारीहरुसँग बसेर खुसीयाली साट्नुको साथै उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरी वर्थ डे मनाउनुभएको छ ।

भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘गणतन्त्र भनेको उच्चतम व्यवस्था हो, यसमा किसानको छोराछोरी पनि देशको उच्च पदमा पुग्न सक्छन् तर अझै पनि तल्लो वर्गका नागरिकहरु खुसी हुन सकेका छैनन् । सधै दुखै दुखमा जीउनु परिरहेको छ । कहिल्यै खुसी दिन सकिएको छैन । तिनै समुदायका व्यक्तिसँग खुसी साट्नकै लागि मैले जन्म दिन मनाएको हुँ ।’ भण्डारीले तल्लो समुदायका नागरिकहरु खुसी हुँदा मात्र आफु खुसी हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म जहिले पनि विपन्न, पिछडीएका र असहायहरुको उन्नती र खुसी भएको देख्न चाहन्छु , मेरो जीवनको आधा समय पनि उनीहरुकै हितमा समर्पित गरेको छु, त्यसैले पनि म मेरो जन्म दिनमा केक नकाटेर उनीहरुसँग बसेर खुसी साटेको हुँ ।’ प्रमुख भण्डारीले तल्लो वर्ग आर्थिक रुपमा बलियो नहुँदासम्म स्थानीय सरकार बलियो बन्न नसक्ने भन्दै उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरसफाइकर्मीसँग खुसी साट्दै भन्नुभयो ‘तपाईहरु जहिले आर्थिक रुपमा सक्षम हुनुहुन्छ त्यतिबेला म पनि सक्षम हुन्छु र केक काटेर वर्थ डे मनाउन्छु ।’

भण्डारीले जन्म दिने आमालाई स्मरण गर्दै आफुले आमाले दिएको आर्शिवाद र प्रेरणाले नै आज यो अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले नगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुका लागि आफुले सक्दो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । प्रमुख भण्डारीले उनीहरु सबैलाई सम्मान व्यवहार गर्दै आएको समेत बताउनुभयो । उहाँले कुनै पनि कर्मचारीलाई समस्या पर्दा आफु निरन्तर रुपमा लागेको उल्लेख गर्नुभयो । सरसरफाइ शाखामा कार्यरत १८ जना सरसफाइकर्मीहरुलाई अविर र दोसल्ला ओढाएर भण्डारीले सम्मान गर्नुभएको हो ।

सम्मान पाएसँगै सरसफाइकर्मी लक्ष्मी दमाईले भण्डारीले आफुहरुलाई ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भावुक हुँदै भन्नुभयो‘ शंकर सर आएपछि हामीलाई ठूलो राहत मिलेको छ । उहाँ सधै हामीप्रति निकै चिन्तित हुनुहुन्छ ।’ पहिले पहिले शनिरबार विदा पाउँदैन्थ्यौं, सर आएपछि भने हामीले शनिबार विदा पाउन थालेको उहाँको भनाई छ । अर्का सरसफाइकर्मी दलबहादुर बिकले बन्द भएको स्वास्थ्य बीमालाई सरको पहलमा पुन सुचारु हुँदा आफुहरुलाई सहज भएको बताउनुभयो ।

जन्मदिन मनाउन फजुल खर्च गर्ने युवा पुस्तामाझ भण्डारी उदाहरणीय बन्नुभएको छ । फजुल तथा देखावटी खर्च गर्ने प्रवृतिलाई तल्लो वर्गको खुसीका लागि लगाउँदा राम्रो हुन्छ भन्ने सन्देश दिन आफूले जन्मदिन मनाउने खर्चबाट सरसफाइकर्मीलाई सम्मान र उनीहरुसँग बसेर खाजा खाँदै खुसी साटेको भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?