पहिलो पटक नेपालगञ्जबाट हुम्ला सदरमुकाम पुगे दुई टिपर

नेपालगञ्ज हुँदै कर्णाली करिडोरको सडक भएर हुम्लाको सदरमुकाम सिमकोट पुगेका दुईवटा टिपर । तस्बिर : दाने बोहरा/हिटा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । रास्ट्रिय सडक सञ्चालनसँग जोडिन नसकेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नेपालगञ्ज, सुर्खेत हुँदै दुईवटा ठूला सवारी टिपर पुगेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवशयक पर्ने डिजेल बाेकेर पहिलो पटक सदरमुकाम सिमकोट पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने निर्माण भइरहेको अन्तिम चरणमा पुगेको छारे भिर सडक खण्ड पार गरेर दुईवटा टिपर शुक्रबार सिमकोट पुगेका हुन् । उक्त सडक खण्ड क्षेत्रमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । छारे सडक खण्ड नेपाली सेनाले हस्तारन्तरण गर्न बाँकी छ ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एण्ड विल्डर्स प्रा.लिका प्रोपाइटर प्रेम कार्कीले सोही खण्डका लागि डिजेलको आवश्यक परेपछि टिपर हुम्ला पुर्‍याउनुभएकाे हाे ।

प्रोपाइटर कार्कीकाअनुसार, छारे भीर नेपाली सेनाले हस्तान्तरण नगरेपनि च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले उक्त सवारी छोडेको हो । डिजेल बोकेर हुम्ला पुग्न उक्त टिपरलाई हप्ता दिन लागेको थियो । छारे भीरबाट ती सवारी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पुरा गरेर बल्ल छोडेको प्रोपाइटर कार्कीले बताउनुभयो । खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर टिपर आएका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनैपनि सवारी साधन र मानिसलाई सोही सडकबाट आवतजावत गर्न दिएको छैन् ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै तीस हजार लिटर डिजेलको आवश्यक पर्ने उहाँले बताउनुभयो । च्याछरा सडक खण्ड असार १० गतेसम्म ठुला सवारी साधन गुड्न सक्ने बनाउने लक्ष भएपनि यो दुइ महिनाको अवधिमा आवश्यक पर्ने म्याट्रल नहुँदा ढिलाइ भएको हो । उक्त सडक खण्डलाई असारमा ठूला सवारी सामान्य आवतजावत गर्न सकिने गरी कात्तिकमा सम्पन्न गर्ने कार्कीले बताउनुभयो । च्याछरा खण्डको १७ किलोमिटर बाँकी रहेको छ ।

डिजेल ल्याएर सदरमुकाम सिमकोट पुगेका टिपरलाई नेपाली सेनाले निमार्ण गर्दै आएको छारे सडक सरकारलाई हस्तान्त्रण नगरेको हुँदा ल्याउन नदिने भनेपनि सडककै कामका लागि ल्याएको भनेर आग्रह गर्नुका साथै विभित प्रक्रिया पुरा गरेर सिमकोट पुगेर उत्तरी च्याछरा सडक खण्ड तिर लाग्ने भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बेल बहादुर नेपालीले बताउनुभयो ।

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करीडोरको बाटो भएर यसअघि कुनैपनि ठुला सवारी नपुगेको हुँदा सदरमुकामवासीले सवारी चालक र सवारी साधनलाई भव्य स्वागत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?