विद्यार्थीका लागि शोध तथा अनुसन्धानमुलक कार्यशाला

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु भएको छ ।

बिभिन्न तहमा अध्यनरत क्याम्पसका विद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र भोजपुरले बुधवारबाट दुई दिने कार्यशाला सुरु गरेको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो । नगर प्रमुख आलेले कार्यशालाले शोध तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै समय अनुकुल अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

भोजपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. पर्वत कुमार राईले गत बर्षबाट जिल्लामा पनि अनुसन्धान मुलक कार्यक्रमहरुको सुरुवात भएको बताउँदै अनुसन्धान गर्ने संस्कृतिको बिकास हुन जरुरी रहेको बताउनुभयो । समाज र राष्ट्रको परिवर्तनका लागि पनि अनुसन्धान जरुरी रहेको सहप्राध्यापक डा. राईको भनाई रहेको छ ।

कार्यक्रममा आफनो धारणा राख्नु हुदै भोजपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ढुंगेल, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, मानव अधिकार संगठनका पदम बहादुर कार्कीलगायतले आर्थिक तथा सामाजिक अनुसन्धानहरु पनि हुन जरुरी रहेको बताउँदै शोध तथा अनुसन्धानमा विद्यार्थीहरुले पनि त्यस्ता विषयहरु खोज्न जरुरी रहेको बताउनु भएको थियो ।

बिहिवारसम्म संचालन हुने कार्यशालामा शोध तथा अनुसन्धान लेखनका बिषयमा विद्यार्थीहरुलाई बिषय बिज्ञहरु क्याम्पसका सहप्राध्यापक डा. पर्वत कुमार राई, उपप्राध्यापक प्रकाश राई, उपप्राध्यापक उत्तम सिं राईलगायतले सहजीकरण गर्नु हुने आयोजक संस्थाका सचिव हरि ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?