चौथो संस्करणको मिस एसइई स्टारको उपाधि रीतिकालाई

Read Time = 3 mins

काठमाडौं । भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त रूपमा आयोजना गरेको यस वर्षको मिस एसइई स्टारको चौथो संस्करणको उपाधि इष्टपोल स्कुलकी रीतिका शाहले जित्नु भएको छ ।

ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसइई स्टारको ताजसहित विभिन्न संघसंस्थाले उपलब्ध गराएको गिफ्ट हृयाम्परको साथमा मिस ट्यालेन्ट र वेष्ट ड्रेसको टाइटलसमेत जित्नु भएको छ । यसैगरी मिस एसइई ग्रेसको उपाधि भने मुस्कान नेवारले हात पार्न सफल हुनुभयो । उहाँँले मिस पर्सनालिटी र मिस पपुलरको टाइटलसमेत जित्नुभएको छ ।

आकृति भट्टराईले फष्ट रनर अपको ताज पहिरिँदै मिस मल्टिमिडियोको टाइटल जित्नुभयो । सेकेण्ड रनरअपको उपाधिसहित विदिस्मा कुँवरले मिस फ्रेण्डसिपको टाइटल प्राप्त गर्नुभयो । स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै वेष्ट स्माइलको टाइटल जित्नुभयो । आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाइटल जित्नुभयो ।

ग्रीष्मा घिमिरेले मिस फोटोजेनीकको टाइटल हात पार्दा प्रिन्सा खड्काले मिस कन्फिडेण्ट, व्युटी विथ ब्रेनको टाइटल श्रेष्ना श्रेष्ठले र मिस इन्टिलेक्च्युएलको टाइटल जेनिका धिमालले जित्नुभएको छ । सगुन पाण्डेको कोरियोग्राफी रहेको प्रतियोगितामा नायक कोसिस क्षेत्री, डाइरेक्टर विशाल भण्डारी, फिल्म निर्माता श्रीदेव अर्याल, फेशन डिजाइनर सावित्री ढुंगाना तथा शिक्षाविद् राजन श्रेष्ठ निणार्यक मण्डलमा रहनुभएको थियो ।

ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा आयोजित उक्त फिनालेमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । भने कार्यक्रम आयोजक सोनितराज ढुुंगेलले सम्पूर्ण प्रायोजक र सहयोगी हातहरूलाई धन्यवाद दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?