डेंगु संक्रमणबाट झापामा शिक्षिकाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । डेंगु संक्रमणका कारण झापामा शिक्षिकाको मृत्यु भएको छ । चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालय हल्दिबारीमा कार्यरत शिक्षिका अनिता पौडेलको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

मृतक ४० वर्षीया अनिताको घर हल्दिबारी गाउँपालिका ४ हो । सामान्य ज्वरो आएकी अनितालाई प्रादेशिक अस्पताल भद्रपुर, ओमसाई अस्पताल भद्रपुर हुँदै डेंगु संक्रमण पुष्टि भएपछि थप उपचारको लागि विएण्डसी लगिएको थियो ।

अस्पतालमा अनितालाई अन्य स्वास्थ्य समस्या पनि थपिएको थियो । विएण्डसी अस्पतालले अनिताको मृत्यु डेंगुबाट भएको जनाएको छ । अनिता मृत्युको कारण सरकारी निकायले भने स्पष्ट पारेको छैन ।

डेंगु संक्रमणबाट झापामा यसवर्ष पहिलो पटक अनिताको मृत्यु भएको हो । गतवर्ष विएण्डसीमा डेंगु संक्रमणबाट पाँचजनाको मृत्यु भएको थियो । अहिले सो अस्पतालमा ६ जना विरामी उपचाररत छन् ।

झापामा १३५ जना डेंगु संक्रमित छन् । मुलुकका ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंमा २८७, कास्कीमा १३७, चितवनमा ११६ र तनहुँमा ११० जना डेंगु संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?