प्रभु र अजोड गाभिने

Read Time = 1 min

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर हुने भएका छन् । दुवै कम्पनीबीच मर्जरका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई इन्स्योरेन्सबीच सय बराबर ७० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको हो ।

मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स नै हुनेछ । प्रमुख कार्यकारी अधिकृत पनि प्रभुकै सञ्चित बज्राचार्य र अध्यक्षमा अजोडका अजाद श्रेष्ठ रहने बताइएको छ । हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड रहेको छ भने अजोडको एक अर्ब रुपैयाँ छ । सय बराबर ७० को रेसियोमा मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई न्यूनतम साढे दुई अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पु¥याउन निर्देशन दिएसँगै बिमा कम्पनीलाई मर्जरका लागि दबाब बढेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?