आयुषको कप्तानीमा यु-२० पुरुष च्याम्पियनसिपका लागि नेपाली टोली आज भारत प्रस्थान गर्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यु-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी आयुष घलानले गर्ने हुनुभएको छ । भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिप फुटबलमा घलानले नेपालको कप्तानी गर्ने हुनुभएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने बताउनुभयो । घलान टोलीका अनुभवी खेलाडी हुनुहुन्छ । उहाँ सिनियर राष्ट्रिय टोलीका नियमित सदस्यसमेत हुनुहुन्छ । घलानले राष्ट्रिय टोलीका लागि सो खेलमा एक गोल गर्नुभएको छ ।

साफ यु-२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली आज शुक्रबार भारत प्रस्थान गर्नेछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान र फरवार्डमा रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?