सुखद् कमव्याकको पर्खाइमा यी बलिउड अभिनेता

Read Time = 3 mins

मुम्बई । बलिउड फिल्महरूले हालका दिनमा बक्सअफिसमा खासै कमाल देखाउन सकिरहेको छैन । हालै रिलिज रणवीर कपूरको फिल्म ‘शमशेरा’ फ्लप साबित हुने अवस्थामा पुगिसकेको छ । रणवीरअघि यस्ता कैयौं स्टार छन्, जसको फिल्मले राम्रो कमाई गर्न सकेको छैन । यी स्टारलाई एक फिल्म हिट हुन आवश्यक छ, जसकारण बलिउडमा उनीहरू सुखद् कमव्याक गर्न सकून् ।

अभिनेता शाहरुख खानको पछिल्ला फिल्महरू ‘हेरी मेट सेजल’ र ‘जीरो’ बक्सअफिसमा असफल सावित भयो । उनका तीन फिल्म ‘पठान’, ‘डंकी’ र ‘जवान’ दर्शकमाझ आउने तयारीमा छन् । यदी यी तीन फिल्ममध्ये कुनै एकले खासै कमाल गर्न सकेन भने अभिनेतालाई बलिउडमा कमव्याक गर्न निकै मुस्किल पर्नेछ ।

आमिर खान स्टारर तीन सय करोड बजेटको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले बक्स अफिसमा ३३५ करोड मात्र कमाई गरेको थियो । यो फिल्मको असफलता पछि उनलाई एक हिट फिल्म दिनुपर्ने दबाब बढेको थियो । अभिनेता हालका दिनमा रिलिजको तयारीमा रहेको फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । यो फिल्मको बक्सअफिस कलेक्सन कस्तो होला भन्ने आम चासो बढेको छ । यदी यो फिल्म हिट भएमा आमिरको बलिउडमा सुखद् कमव्याक हुनेछ ।

अभिनेता अक्षय कुमारको पछिल्लो दुई फिल्म ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यसपछि उनको नयाँ फिल्म ‘रक्षाबन्धन’मा अक्षयको करियर जोडिएको छ । यो फिल्म हिट हुनुपर्ने आवश्यकता अक्षयका लागि छ, किनकि केही वर्षयता बक्सअफिसमा उनको फिल्मले खासै कमाल गर्न सकेको छैन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ र ‘डघ’ बक्सअफिस करिब असफल साबित भए । उनको आगामी फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ हो । उनको करियरका लागि यो फिल्म हिट हुन आवश्यक छ ।

जोन अब्राहको पछिल्लो चार फिल्म ‘पागलपन्ती’, ‘मुम्बई सागा’, ‘सत्यमेव जयते २’ र ‘अट्याक’ले बक्सअफिसमा छाप छोड्न असफल रह्यो । उनी चाँडै ‘एक भिलेन रिटर्नस’मा देखिँदैछन् । यो फिल्मले बक्सअफिसमा कमाल देखाउन सक्छ या सक्दैन भन्ने आम चासो अहिले छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?