म्याग्दी नदी र कालीगण्डकीमा पानीको सतह बढ्यो : तटीय क्षेत्रका वासिन्दा त्रसित

Read Time = 3 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । आइतवार दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी नदी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् ।

दुवै नदीमा साविकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका वासिन्दालाई सूचित गरेको छ ।
पश्चिम म्याग्दी हुदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च बर्षा भएपछि नदी किनारका वस्तीका वासिन्दाहरु त्रसित बनेका हुन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताउनु भयो ।

बावियाचौर आसपासको तटिय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुन समेत अपिल गरिएको छ । त्यस्तै मुस्ताङ हु्ँदै बग्ने कालिगण्डकी नदीको माथिल्लो क्षेत्रमा नदीको सतह शनिबारको तुलनामा धेरै बढेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

जिल्ला विपद् ब्यवस्थापन समिति यसअगाडी जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क ब्यक्ति खटाउने बताएपनि हालसम्म कार्यान्वयनमा आएको छैन ।

नदीको तटीय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटिय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क ब्यक्ति खटाउने निर्णय गएको जेठ २४ गते भएको थियो

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?