रामलक्ष्मणको इ-भोटिङ मेसिनको पाँचौँ संस्करण

Read Time = 2 mins

काठमाडौं । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र (इ-भोटिङ मेसिन) सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको उक्त इ-भोटिङ मेसिन पाँचौँ संस्करण हो ।

करिब एक दशकअघि नेपालमै उत्पादित इ-भोटिङ मेसिनले हालसम्म एक सयपटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ÷संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको रामप्रसाद रिमालले बताउनुभयो । तर, मेसिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले भने बेवास्ता गरेको रिमालको गुनासो छ । प्रस्ताव लिएर जाँदा आयोगले पार्टीहरूसँग सल्लाह गर्न सुझाव दिएअनुसार पार्टीहरूमा कुरा राख्न गए पनि कुनै प्रगति नभएको रिमालले बताउनुभयो । नेपालको अवस्था हेरेर मेसिन निर्माण गरिएको रामलक्ष्मणको भनाइ छ ।

मेसिनमा मतपत्रमा देखिने सबै कुरा डिजिटल डिस्प्लेमा देखिने, नेपाली भाषामा बोल्ने, आँखा नदेख्ने र कान नसुन्नेले पनि सुनेर मतदान गर्न सकिने, कुनै पनि मत बदर हुन नसक्ने रिमाल दाजुभाइको जिकिर छ । लक्ष्मणप्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले चारवटा मतपत्रमा चिहृन लगाउनुपर्ने भएकाले समय बढी लाग्ने तर इ-भोटिङ मेसिनमा औंलाले दबाउने भएकाले छिटो हुने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?