मिस नेसन नेपाल २०२२को फिनाले हुँदै, बिजेतालाई १ लाख नगद पुरस्कार

Read Time = 2 mins

काठमाडौं । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको हो । प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरि मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यहि भाद्र १० गते थापाथली स्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजक ललिता सापकोटाले जानकारी दिनुभयाे ।

बिजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद रु. १ लाख, विभिन्न फेशन शो र रनवेमा सहभागीता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।

मिस नेसन नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?