बिआइएस क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बौद्ध इन्टरनेशनल स्कुल (बिआइएस) युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । हात्तीगौंडास्थित आयोजक युरो स्कुलको कोर्टमा बिआइएसले सेन्ट जोसेफलाई १९-१० ले पराजित गर्‍यो । बिआइएसकी अभ्नी बरालले आठ अंक जोड्नुभयो ।

ब्वाइजमा मोर्डन इण्डियन स्कुल (एमआइएस)ले सेन्ट जोसेफलाई २९-२८ तथा सेन्ट जोसेफले काष्ठमण्डपलाई ४६-२२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एमआइएसका आयुश राईले १६ तथा सेन्ट जोसेफका क्षितिज राईले २० स्कोर गर्नुभयो ।

ब्वाइजमै गुहृयेश्वरीले साम्तेनलाई ३१-११, सेन्ट जेभियर्सले आयोजक युरोलाई ३४-२७ र बिआइएसले काठमाडौं वल्र्ड स्कुललाई ३३-२७ ले पन्छाए । गुहृयेश्वरीका सुशील चौधरीले १४, सेन्ट जेभियर्सका शुभम् सैजुले १२ र बिआइएसका चेतन फुराले २४ अंक बटुल्नुभयो ।

यता आयोजक ग्रिनल्याण्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स÷ग्रिनल्याण्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्याण्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।

धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्याण्डले भ्याली पब्लिकलाई ५५-३७ ले पराजित गर्‍यो । ग्रिनल्याण्डका दिवस भुजेलले २० अंक जोड्नुभयो । सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्याण्डलाई ६४–४९ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १८ स्कोर गर्नुभयो । जुनियर ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हार्टले ग्रिनल्याण्डमाथि २०-१७ को जित दर्ता गर्‍यो । एन्जल्स हार्टका प्रतीक कँडेलले २० अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा ग्रिनल्याण्डका विमल जागरी, सिनियर गल्र्समा भ्याली पब्लिककी लाक्षी गुरुङ तथा जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा ग्रिनल्याण्डका दिवस भुजेल (८९ अंक), सिनियर गल्र्समा ग्रिनल्याण्डकी परी गुरुङ (४५ अंक) र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) का रिदम अधिकारी (३३ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहनुभयो । सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ नोडुप लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ उत्कृष्ट थ्री प्वाइन्टर चुनिनुभयो ।

विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्षद्वय कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, ग्रिनल्याण्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । भदौ ३ गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा १६–१६ तथा सिनियर गल्र्समा १० टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?