‘ऐना झ्यालको पुतली’को ‘मेरो गाउँ ज्यामिरे’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । यही भदौ २४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म’ बोलको गीत सार्वजनिक गरिएको हो ।

रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णीम स्कुलका विद्यार्थीहरूले स्वर दिनुभएको छ ।

बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको यो चलचित्रले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन संघर्ष गर्छ । योबाहेक चलचित्रले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो ।

केही दिनअघि विश्वव्योति मलमा भएको स्पेसल स्क्रिनिङमा चलचित्र हेर्नेले चलचित्रलाई असाध्यै राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चलचित्रमा सिरु विष्टसँगै कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?