केएफसीको १४ औं शाखा बुटवलमा

Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड केएफसीले नेपालमा १४ औं शाखा विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका सुक्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर नजिक खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रूपमा परिचित रहेको कम्पनीको दाबी छ ।

आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार जस्तै हट एण्ड क्रिप्सी चिकेन, चिकेन पपकर्न र चिकेन स्ट्रीप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने बताइएको छ । साथै भोज डिल डेलिभरी सेवामार्फत् घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन पनि सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?