तीज संस्कृतिमा विकृतिले अपकृति मच्चाएकै हो त ?

बद्रीप्रसाद दाहाल
Read Time = 15 mins

सनातन वैदिक संस्कृति लोककल्याणको मर्मलाई आत्मसात् गर्ने महान् मानवीय राजमार्ग हो । जसले स्वर्ग, अन्तरिक्ष, पृथिवी, पानी, अन्न, औषधि, देवता, भूलोक र सबैतिर शान्ति, सौहाद्र्रता तथा आत्मीय भाव सघन रूपमा रहोस् भन्ने कामना गर्दछ । यिनै मानवीय इच्छालाई विवेकको आँखामा हेर्ने सुुदीर्घ परम्परालाई प्राण प्रतिष्ठा गराउँदै सृष्टि चक्रलाई सुन्दर बनाउने काममा पर्व, उत्सव, व्रत, उपवास, पूूजा, भजनकीर्तन, कथावाचन, प्रवचनहरू गहिरा आध्यात्मिक उपकरण बनेका छन् । सिर्जना संसारलाई सार्थकता र सबलता त्यति बेला दिन सकिन्छ जब सबै प्राणीहरूमा आदर, स्नेह, सम्मान, सहअस्तित्व र निर्भयता मानिसहरूले कार्यरूपमा उत्तरदायित्व महसुस गरेर प्रदर्शन गर्ने सामथ्र्य राख्दछन् ।

अर्थात् ‘सुरमुुनिदेखि भुुसुनासम्म प्रभुु नै सबका घटमा टम्म’ भन्ने उद्बोधन मनुुष्यका मनमगजमा झङ्कृत हुन्छन् । प्रा.डा. दुुर्गाप्रसाद दुुवाडीको शब्दमा-लौकिक, पारलौकिक, धार्मिक, आर्थिक, राजनीतिक, आध्यात्मिक, अभ्युदयको उपयुुक्त देह, इन्द्रिय, मन, बुुद्धि, अहङ्कार आदिको सम्यक् चेष्टा अर्थात् क्रियाकलाप नै संस्कृति हो । सम् पूूर्वसर्गमा रहेको ‘कृ’ धातुमा ‘क्तिन्’ प्रत्यय लागी सुुट् आगम भएर ‘संस्कृति’ शब्द बन्छ भनेर व्याकरणले दिग्दर्शन गराएको छ । मतलब संस्कृति भनेको सिर्जना संसारलाई सुव्यवस्थित गर्ने नैतिक आचरणको संग्रह हो जो प्राणीहरूका हितमा चलायमान् भइरहन्छ ।

नेपालीहरूको साझा पर्व तीज :
हामीकहाँ ‘तृतीया’ शब्दलाई लोक जिब्रोले तीज भनेर पुकारेको छ । सनातन वैदिक संस्कृतिका अनुुपालक हिन्दू नारीहरूले पौराणिक कालदेखि मनाउँदै आएको यो पर्व आज आएर सबै धर्म सम्प्रदायका मानिसहरूका लागि आकर्षक चाहाड बन्न थालेको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्मको चार दिने उत्सव नै तीज हो । नारीहरूको सौभाग्य र समृद्धिका लागि शिवपार्वतीको उपासना पूूजाअर्चना तृतीयाका दिन हुन्छ भने ऋषि-पञ्चमीको दिन अरून्धतीसहित सप्त ऋषिहरूको भव्य पूजा र कथा प्रवचन सम्पन्न हुन्छ ।

सात ऋषिहरूमा वशिष्ठ, मरीचि, अत्रि, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतुु पर्दछन् भने साध्वीको रूपमा प्रतिष्ठित वशिष्ठकी पत्नी अरून्धती जसलाई वशिष्ठनजिकै राखेर पूूजा तथा अभ्यर्थना गर्ने परम्परा छ । यो लामो उपवास बस्दा नारी दिदीबहिनीलाई शारीरिक र मानसिक दुुवै तरिकाले दह्रो वा आडिलो बनाउन द्वितीयाको दिन तागतिला सात्विक भोजन गराइन्छ । जसमा फलफूल, खीर, ढकने, दूध, दही र मरमसला राति बाह्र बजेसम्म खानेखुवाउने प्रचलन छ । तर, बालिका, पाका र बिरामीहरूलाई भने व्रतमा अनिवार्यता छैन । भक्ति शक्ति अनुसार गरे हुन्छ भने लोकोक्ति छ ।

लामो उपवास बस्दा नारी दिदीबहिनीलाई शारीरिक र मानसिक दुुवै तरिकाले दह्रो वा आडिलो बनाउन द्वितीयाको दिन तागतिला सात्विक भोजन गराइन्छ । जसमा फलफूल, खीर, ढकने, दूध, दही र मरमसला राति बाह्र बजेसम्म खानेखुवाउने प्रचलन छ । यसलाई दर भनिन्छ ।

यस्तो सात्विक पर्व यतिखेर तामसी खाना अर्थात् अभोज्य पदार्थ भान्सामा पसेर राइँदाइँ मच्चाउनुु व्रतको मर्मविपरीत हुन्छ । असार लाग्दानलाग्दैदेखि रोमान्टिकको नाममा अश्लील तीजगीत र अपाच्यनृत्यले होटल, बार, रेष्टुरा, पार्टी प्यालेसमा भड्किलो फेसनको बाढी र शरीर तथा मनलाई उत्तेजनामा लैजाने अभक्ष्य खाना भकुर्ने र पिउने विकृति व्याप्त हुँदा तीज बजारीकरणको चर्को विसंगतिले गाँजिएको छ ।

मूलतः गीत भनेको प्राकृत कविता हो, जसलाई छन्द वा लयमा समुचित शब्द, स्वर, लय र संगीत दिएर गाइन्छ । जसले हृदय छुुन्छ मगज पगाल्छ र भक्तिभावनालाई आलोकित तथा प्रज्ज्वलित पारिदिन्छ । हाम्रो देशलाई सुन्दर बनाउने तत्व तीन छन् १, हाम्रो देशको भूूबनोट अर्थात् हिमाल, पहाड, तराई । २, रमणीय प्रकृतिभित्र हरिया घना जंगल, छाँगाछहरा, छ हजारभन्दा बढी नदीनाला, पशुपक्षी, जनावर, पर्वतमाला, उपत्यका, अधित्यका र रंगीविरंगी फूल पर्दछन् । ३, सांस्कृतिक विविधता-एक सय तीसभन्दा बढी जाति, तिनीहरूका भाषा, साहित्य, भेषभूूषा, परम्परा र संस्कार तथा प्रथाहरू ।

यस्तो विविधतामा एकता भएको नेपालको सहिष्णुु र सहअस्तित्ववादी नेपाली समाजलाई यस्तै पर्वहरू र महोत्सवले मनैदेखि एकीकरण र सबल बनाउँदै आएको छ । त्यसैले हाम्रा महोत्सवलाई अनुत्पादक र अन्ध-विश्वासको जामा पहिरिदिएर अन्याय गर्ने अराजक हर्कत कसैबाट हुनुुहुँदैन । यसले हाम्रो राष्ट्रिय एकता, अक्षुण्णता र सहअस्तित्वमा गम्भीर संकट आउँछ ।

पार्वती, शिव, अरून्धती र सातजना दिग्गज ऋषिमुनिको पूूजा र भक्तिभित्र मूलतः नारी सशक्तीकरण, शालीनताले भरिएको नारी स्वतन्त्रता, आध्यात्मिक जागरण, मानवीय व्यवहार र नारी स्वास्थ्य तथा सकल परिवारजनको उत्थान एवं समृद्धि तीजको मूूल सन्देशको गुदी पक्ष हो । देवगान, पितृगान, नारी उत्पीडन, वीरगान, कर्तव्यकर्तव्यको विवेचना तीजका गानले सम्मानपूर्वक दिन्छन् । जस्तै :
कौनो बेला जाउली, कौनो बेला आउली
कौनो बेला गरौली देवताको ध्यान ?
उदाउँदा जाउली अस्ताउँदा आउली
मध्यान्नैमा गरौँला देवताको ध्यान ।।
+
इन्द्रकमल पूmल टिपी शिवजीलाई चढाउँला
शिव शिव महादेव, मै तरीजाम् !
पारिजातको पूmल टिपी शिवजीलाई चढाउँला
शिव शिव महादेव, मै तरीजाम् !
चमेलीको फूल टिपी शिवजीलाई चढाउँला
शिव शिव महादेव, मै तरीजाम् ! !

यस्ता देवगानहरूले भक्तिरसको सञ्चार गराएर सबैको मनमस्तिष्कलाई सिक्त परिदिन्छन् व्रतालुहरूले । माइतीबाट बाबा, भाइ वा दाजुहरू तीजमा लिन आउँदा सासूले बुहारी माइत जाली भनेर शिरमा लगाउने पूmल लुकाउँदा बुहारीले यस्तो भाव र लयमा व्यंग्यात्मक अभिव्यञ्जना गर्दथे :
वर्ष दिनको तीजमा बाबा लिन आएका
हाम्री बज्यै पापिनीले शिरफूल लुकाइन्
दैलो पोत्ने शिरपूmल, भाँडा माझ्ने शिरफूल
अराई सिकाई राखे बज्यै त्यही शिरफूल ।।
+
दिदी आउँदा अगाडि भान्जै लिउँला काँधमा
हिँड मेरी दिदीज्यू माइती देशमा !
वर्ष दिनको तीजमा भैया लिन आएका
छैन मेरो बरिलै शिरमा शिरफूल ।।
आमाबाबा दाजुुभाइ नहुँदाका चेलीका करूणाका भेल यसरी बग्छन् :
शिरमा लाउने शिरैफूल पाउमा लाउने बीज छैन
आमाबाबु नभाकीलाई तीज आयो बरिलै !
क्रान्ति चेतनाको बिगूल फुक्दै :
चारैतिर जेलनेल बन्धनमा परेर
हाम्रो जीवन जाने भयो दासी बनेर ।
यो समाजले हेर्छ हाम्लाई पशुसित दाँजेर
हाम्रो हक लिन्छौँ अब अघि लम्केर ।।

आजभोलि भने तीजलाई माध्यम बनाएर यसलाई बजारीकरण गर्ने घोर अनर्थ चल्न थालेको छ । नारीलाई बिकाउ वस्तु बनाउने कसरत पर्वपर्वमा गर्दा हाम्रा गर्वैगर्वले भरिएका चाड हाड बन्न थालेका छन् ।
सारी लाउँदा हेर्छ केटो आँखा तानी तानी ।
फेसबुकमा अपलोड गर्छन् सेल्फी हानी हानी ।।
नारीभरी राता चुरा सेक्सी देखियो ।
मलाई झन् सारीमा सक्सी देखियो ।।
+
पोहोर लगाएकी फरियाले छोपिएछ खुट्टा
लाएँ ऐले तीजमा छपक्क कट्टुु
बुट्टै बुट्टा
कट्टुमा परेन है टुुट्टा ।।
+
छोटाछोटा लुुगा लाउने अंग अंग देखाउने
गोप्य गोप्य ठाउँमा ट्याटु लेखाउने ।।
पोइल जान पाम् शिव पोइल जान पाम्
विचार पुु¥याऊ शिवजी पोइल जान पाम् ।।
होई होई शिवजी चाहिएन पोइ ।
छोटो छोटो मिनिस्कर्टले सेक्सी देखिन्छ ।
माछा मासु तास वियर जे जे पनि ठोकिन्छ ।

यस्ता गीतहरू हिट हुँदै लाखौं दर्शकको वाह वाह पाउनु सांस्कृतिक ध्वंस होइन ? भन्ने यक्ष प्रश्नहरू जोडदार उर्लिरहेका छन् । कतिपयले तीजलाई र्‍यापका गीतमा च्याप बनाए अरे हिपहप र बुलडान्स, बलडान्स, ककडान्स, हगडान्स र डग नृत्य भित्रियो भनेर सामाजिक सञ्जालमा बबाल मच्चिएको छ । महँगा क्रिम, लाली पाउडर आइब्रो, कपाल बनाउने, रौँहरू खुुर्किने महगा पालिस टीका, भद्दा गरगहना र भड्किलोपनले तीज संस्कृतिमा एसिड वर्षा गरिरहेको छ । उद्दण्ड र संस्कृति भञ्जकहरू अश्लील गीत, ब्रा आकारका चोली, स्तनमांसपिण्डलको प्रदर्शन गराएर नारीकायलाई नंग्याउन प्रोत्साहन गर्ने दुरासय झागिँदो छ ।

आजभोलि भने तीजलाई माध्यम बनाएर यसलाई बजारीकरण गर्ने घोर अनर्थ चल्न थालेको छ । नारीलाई बिकाउ वस्तु बनाउने कसरत पर्वपर्वमा गर्दा हाम्रा गर्वैगर्वले भरिएका चाड हाड बन्न थालेका छन् ।

यो बजारवादको पञ्जा झनै विस्तृत भएर फिँजाउने बदमास वैश्यवर्ग (पुँजीखोरहरू) उत्ताउला बजारवादका सेवक संस्कृतिको मर्ममा बेखबर हुँदै प्रहार गरिरहेका छन् भनी सञ्जालमा बबाल स्वरहरू पनि गुुञ्जिएका छन् । गायक तथा सङ्गीतकार शिव हमालज्यूूले रचना गरेको गीतमा रूझेको अन्तर्वस्त्र लगाएर यस्तो बोलको गीतमा नृत्य छ रे, ‘के हुन्छ होला है बिहेको राति । अँध्यारे कोठामा अञ्जान साथी । सम्झेर गइसक्यो सातो बरिलै ।। तीज गीत खत्तम भइसक्यो भन्दै शिव अलेखीले भनेका रहेछन् : ‘बिहे हो र रत्यौली ? पार्टी हो र ठट्यौली ? तीजे गीत गाउने भए वेदना गाऊ’ भनेर सुन्दर सुझाव दिएका छन् । हाम्रो सचेत र सजक पुस्ता पर्वीय गौरवगीतलाई रौरव नपुु¥याइकन यही धर्तीमा अस्तित्व बचाउने गरी सौरभ भर्नु छ । जय तीज, जय पर्व ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
इन्दिरा अर्याल ( दाहाल)
इन्दिरा अर्याल ( दाहाल)
2022-09-02 8:05 pm

समाज मा तडक भडक बढन नदिन सचेत ब्यक्तित्व बाट जुन परिस्कृत बिचार आयेकोछ त्यो मनन योग्य र पठनिय छ ।आदरणीय लेखक को बहु आयामिक लेखन ले अझै चेतना फैलाउन सकोस ! उत्कृष्ट समसामयिक लेख का लागि बधाई छ दाइ !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?