नोकिया सी २१ प्लस सार्वजनिक

Read Time = 1 min

काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिजअन्तर्गत नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ । १६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने नोकिया सी २१ स्मार्टफोन हेर्न राम्रो, बलियो, गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ‘फ्लोरियन सेइश भन्नुहुन्छ, ‘उपभोक्ताका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी सिरिज निकालेका छौं । उपभोक्ताको समस्या मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्र्दै यसको डिजाइन गरिएको छ ।’ आकर्षक र लामो समयसम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया नयाँ स्मार्टफोन एकपटक चार्ज गर्दा तीन दिनसम्म ब्याट्री व्याकअप रहने कम्पनीको दाबी छ । एचडिआर प्रविधिका साथ १३ एमपी डुअल क्यामेरा रहेको तीन-३२ जिबीको नोकिया सी २१ को मूल्य १६ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?