डेंगुपीडितलाई हेल्थ एट होमको सेवा

Read Time = 1 min

काठमाडौं । हेल्थ एट होमलेडेंगुरोगपीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ । घर-घरमै पुगेर सेवा प्रदान गर्दै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालिले पाटन जेसिससँगको सहकार्यमा डेंगुपीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा सुरु गरेको हो ।

बिरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि कोरोनाकालमा पनि घर-घरमै पुगेर उपचार गर्ने व्यवस्था मिलाएको थियो ।

१४ वर्षअघि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले पछिल्लो समय घरमै पुगेर स्वास्थ्य सेवाका अतिरिक्त रेडियोलोजी सेवा पनि सुरु गरेको छ । कम्पनीका अनुसार हाल हेल्थ एट होममार्फत् करिब एक लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?