कसले तोड्यो करण जोहरको मन ? ब्रेकअपको गरे खुलासा

Read Time = 3 mins

मुम्बई करण जोहरले आफ्नो रिलेशनशिप स्टेटस सेयर गरेका छन् । उनले आफू अविवाहित रहेको पनि बताएका छन् । तर उनको ब्रेकअप भइसकेको समाचार बाहिर आएको छ ।

यस क्रममा करणले वरुण धवनको पनि तारिफ गरेका थिए । करण जोहरले ब्रेकअपको नराम्रो समयमा वरुण धवनले उनलाई साथ दिएको बताएका छन् । करणको यो सम्बन्ध कोसँग थियो भन्ने खुलाइएको छैन ।

कफी विथ करणमा सेलेब्सको पर्सनल लाइफको खुलासा बारम्बार देखिने गरेको छ ।

तर के तपाईंले करण जोहरको मनको बारेमा कहिल्यै सुन्नुभएको छ । पक्कै छैन होला । पछिल्लो एपिसोडमा करण जोहरले आफ्नो मनको अवस्थाबारे ठूलो खुलासा गरेका छन् ।

करण जोहरले पहिलो पटक आफ्नो रिलेशनशिप स्टेटस सेयर गरेका छन् । च्याट शोका अतिथि वरुण धवन र अनिल कपुरसँगको कुराकानीमा उनले आफू अहिले सिंगल रहेको बताए ।

उनीहरूको ब्रेकअप भइसकेको छ । यस क्रममा करण जोहरले वरुण धवनको पनि तारिफ गरेका थिए । उनै बरुण धवनले करण जोहरलाई ब्रेकअपको खुलासा गर्न बाध्य बनाएका थिए ।

सो क्रममा वरुण धवनले करण जोहरलाई सोधे कि उनी किन इन्फिडेलिटीको थिममा बढी आकर्षित छन् ? यसको जवाफ दिँदै करण जोहरले आफूलाई मानिसको व्यवहार जान्न इच्छा रहेको बताए ।

त्यसपछि वरुणले करण जोहरलाई सोधे– के उनलाई सम्बन्धमा कसैले धोका दिएको छ वा कसैलाई धोका दिएको छ ? जवाफमा करणले आफूले सम्बन्धमा कहिल्यै धोका नदिएको बताए ।

करणको कुरा समात्दै वरुण धवनले तुरुन्तै भने – यसको मतलब तपाई राष्ट्रिय टेलिभिजनमा भन्नुहुन्छ कि तपाई सम्बन्धमा हुनुहुन्छ।

करण जोहरले भने– तिमीलाई थाहा छ म रिलेशनशिपमा छैन । तिमीलाई म टुटेको पनि थाहा छ ।

करणको जवाफ सुनेर वरुण मुस्कुराउन थाले । करणले चाहन्थे बि बरुणले यो कुरा स्वीकार गरोस् । करण जोहरले फेरि भने– मेरो ब्रेकअपको बारेमा तिमिलाई थाहा छ ।

त्यो सम्बन्ध जोगाउन तिमिले धेरै सहयोग गरेका थियौं । धेरै धेरै धन्यवाद, तर मैले ब्रेकअप गरें। अब भने करण जोहर कुनै सम्बन्धमा नभएको पुष्टि भएको छ ।

उनको यो सम्बन्ध कोसँग थियो भन्ने फिल्म निर्माताले खुलाएका छैनन् । कफी विथ करणको पछिल्लो एपिसोडको बारेमा कुरा गर्दै, अनिल कपुर र वरुण धवनले च्याट शोमा धेरै रमाइलो गरे।

दुबैले एकअर्काको खुट्टा ताने, सँगै डान्स पनि गरे । शोलाई फ्यानहरूले मन पराइरहेका छन् ।

 

  • आजतकबाट अनुबादित

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?