बालेनले टुकुचा पत्ता लगाए, युवाले भ्रष्टाचारमुक्त लोकतन्त्र पुग्ने बाटो पत्ता लगाउन् : दमननाथ ढुंगाना

Read Time = 2 mins

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले सामाजिक सञ्जालमा एउटा ट्वीट गर्नु भएको छ ।

उहाँले काठमाडौंका मेयर बालेन्द्र शाहको को नेतृत्वको काठमाडौं महानगरपालिकाले भूमिगत टुकुचा पत्ता लगाए झैँ आजका युवाले अहिलेको क्रान्ति प्रतिक्रान्तिको कारण पत्ता लगाई लोकतन्त्र पुग्ने बाटो फेला पारिदिए जनतालाई राहत हुने व्यङ्य गर्नु भएको छ ।

हिजो महानगरको डोजरले हात्तीसारको जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको थियो । यसैलाई इंगित गर्दै ढुंगानाले यस्तो ट्वीट गर्नुभएको हो ।

— Daman Nath Dhungana (@daman_nath) September 16, 2022

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?