मुस्ताङमा छायांकन सकेर ‘अन्तिम संस्कार’ टिम काठमाडौँ फिर्ता

Read Time = 2 mins

काठमाडौँ । प्रदिप शाहीको निर्देशन रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको थियाे ।

सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका थिए । चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर काठमाडौं फर्किएको छ ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायांकन गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए । चलचित्रको निर्माता विनोद सुवेदी हुन् । झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन,  बिशाल पहारी, एवन राज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रदर्शन भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?