महिला भलिबल : बागमतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

Read Time = 1 min

-ध्रुवसागर  शर्मा
म्याग्दी । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो ।
पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो । निकै प्रतिस्पर्धा देखिएको खेलमा बागमतीका खेलाडीहरुले आफ्नो पक्षमा जित निकाल्न कोशिस गरेका थिए । दोस्रो सेमिफाइनल पुलिस क्लब र गण्डकी प्रदेशकाबीच भैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?