‘डिसेम्बर फल्स’ को पोस्टर र रिलिज मिति सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को पोस्टर र सिनेमाघरमा आउने मिति सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोसाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा देखिनुभएको छ । प्रवीण झा निर्देशित उक्त चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरि पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापा लगायतको अभिनय छ ।

लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता राजकुमार भट्ट हुनुहुन्छ । बनिश शाहले सम्पादन गरेको यो चलचित्रको पटकथा तथा संवाद केदार भुसाल र प्रतिक पौडेलले तयार पार्नुभएको हो । चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता रामप्रसाद रिजाल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?