रोनाल्डोको गोलमा युनाइटेड विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो ।

जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?