साफ यु-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको साफ यु-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग एक-एक गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

रोमाञ्चक खेलमा सुरुवाती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

त्यसपछि खेलको ८९औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्‍यो । तर, बंगलादेशक्की बिबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गर्नुभयो । बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचालेको हो । बंगलादेश चार खेलमा सात अंक जोडेर उपविजेता बन्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?