गुल्मीलाई नुमना बनाउन दुरगामी दृष्टिकोण छ : उम्मेदवार श्रेष्ठ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी। गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–२ (क) का गठबन्धन दलका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले हरेकले राजनीति बुझ्न आवश्यक रहेको बताउनुभएको छ । अखण्ड लुम्बिनी प्रदेश निर्माणका नेतृत्वकर्ता समेत रहनुभएका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति श्रेष्ठले आफु कुनै पनि चुनौतीसंग नडराउने बताउनुभएको हो ।

उहाँले अखण्ड लुम्बिनी प्रदेश निर्माणदेखि जिल्लातहमा पूर्वाधार निर्माणको सुरुवात आफुले गरेको दाबी गर्नुभयो । तत्कालिन समयमा जिल्लामै पहिलो पटक लिफ्टिङ्ग प्रविधि भित्र्याएर तम्घासका जनतालाई घर–घरमा खानेपानीको सुविधा पु¥र्याएको भन्दै यस जिल्लालाई नुमना बनाउन आफूसंग दुरगामी दृष्टिकोण रहेको बताउनुभयो । तत्कालिन समयमा गाविस अध्यक्ष हुँदा सानो बजेटबाट पनि विकासका थुप्रै योजनाहरुको सुरुवात गरेको स्मरण गराउनुभयो ।

जिल्लामा प्रथम पटक लिफ्टिङ प्रविधि मात्र होइन, प्रथम पटक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पठन–पाठन सुरुवागत गर्ने कार्यको समेत आफूले नेतृत्व गरेको बताउनुभयो । राजनीति बुझ्न जरुरी छ । दिनको संकेत विहानीले गर्छ ।

आफूले देखेको सपना पुरा हुँदै जान थालेको उहाँले बताउनुभयो । धनी र गरिबका छोराछोरीले पढ्ने । अङ्गे्रजी विषय पढ्ने कुराको सुरूवात आफुले गरेको दाबी गर्नुभयो । उहाँले आफ्ना लागी नभई विकास र समृद्धि गुल्मी निर्माणका लागि आफ्नो जित हुनुपर्ने उल्लेख गर्नुभयो ।

श्रेष्ठसँग यस प्रदेश सभा निर्वाचनमा एमालेका डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?