स्टिलको निर्यात कर भारतले हटायो

Read Time = 1 min

काठमाडौं । भारत सरकारले गत मेदेखि स्टिल निर्यातमा लगाएको कर हटाएको छ । त्यहाँको अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै स्टिलका विभिन्न वस्तुको निर्यातमा लगाएको कर हटाएको जनाएको हो ।

भारतीय आन्तरिक बजारमा महँगी बढेको भन्दै स्टिलका विभिन्न उत्पादित वस्तु तथा कच्चा पदार्थ निर्यातमा कर बढाएर ५० प्रतिशतसम्म पुर्‍याएको थियो । तर, पछिल्लो समय व्यापार घाटा बढ्दै गएपछि भारतले निर्यात बढाउन कर हटाएको हो । स्टिल वर, वायर रडलगायत निर्यातमा लगाएको कर पनि हटेको छ ।

वायर रड निर्यातमा १५ प्रतिशत कर लागेपछि नेपालका स्टिल उद्योग प्रभावित भएका थिए । भारतबाट वायर रड आयात गरी नेपालमा जिआई पाइप, तार, किला काँटा उत्पादन गर्दै आएका उद्योगले उत्पादन लागत बढेको गुनासो गर्दै आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?