रशिला र अनु अन्तिम आठमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम आठमा प्रवेश गर्नुभएको छ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्यामिपयन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्नुभयो ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरूमा सर्लाहीकी निकिता लामा, एपीएफकी शोभा गौचन, मोरङकी शिमा राजबंशी, सेनाकी प्राथना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपाली रहनुभएको छ ।

निकितालै कञ्चनपुरकी निलिमा महरालाई २१–१५, २१–१६, शोभाले बेलटार ब्याडमिनटन एकेडेमीकी रोजी राईलाई २१–१८, २१–१५, शिमाले सेनाकी बिष्णा विष्टलाई २१–१८, १४–२१, २१–११, प्राथनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९, २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४, २१–१५ ले पराजित गर्नुभएको छ । राष्ट्रिय बरियतासमेत रहेको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्यामिपयन तथा विश्य ब्याडमिन्टन जुनियरतर्फ नम्बर एक खेलाडी रहिसकेका उदीयमान खेलाडी पुलिसका प्रिन्स दाहाल प्रिक्वार्टरफाइनल प्रवेश गर्नुभएको छ ।

दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउनुभएको छ । यस्तै १६ फिदरका अमन महर्जनले एपीएफका निराजन देवकोटालाई २०–२२, २१–१२, २१–१४ ले, पाँचथरका दिवस शंकरले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१, २१–१४ ले, सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाकओभर, कास्कीका विधान अधिकारीले कैलालीका शिषिर रानालाई २१–८, २१–६ ले, एपीएफका देवराज रानाले रिभियरा इन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६, २१–१५ ले पराजित गर्नुभयो ।
एपीएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४, २१–१५ ले, १६ फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाकओभर, कास्कीका विशन गुरुङले पुलिसका पूर्णबहादुर थापालाई १६–२१, २१–१४, २१–१७ ले, सेनाका प्रफुल महर्जनले काठमाडांै ब्याडमिन्टन एकेडेमीका वविश थापालाई २१–५, २१–९ ले, कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२, २१–८ ले, सेनाका पविन लिनथेपले एपीएफका विजित थापामगरलाई २१–१५, २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थलाई २१–११, २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाकओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्नुभयो ।

छात्र यु–१७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कविर केसी, शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रातर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?